१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

संखुवासभाको मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।

प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए।

उद्धार गरिएका नोभासलाई सोलुखुम्बुको खुम्बु पासांगल्हामु गाउँपालिका–४ दिंगबोचेतर्फ लगिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए। मकालु आधार शिविर क्षेत्रमा करिब ७० जना विदेशी पर्यटक र करिब ६० जना नेपाली पर्यटक फसेका थिए। रासस

प्रकाशित: १६ कार्तिक २०८२ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App