१४ माघ २०८२ बुधबार
image/svg+xml
समाज

प्रेस स्वतन्त्रताको रक्षाका लागि समाजवादी प्रेस संगठनको प्रतिबद्धता

समाजवादी प्रेस संगठन, नेपालले आफ्नो स्थापना दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारको सुरक्षाका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ। 

संगठनका महासचिव रोहित दाहालले शुभकामना सन्देशमार्फत नेपाली प्रेस जगतले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरेका छन्। उनले प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको आधारस्तम्भ र आम नागरिकको सुसूचित हुन पाउने संवैधानिक हकको औजारका रूपमा उल्लेख गरे। 

सन्देशमा दाहालले संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित भए पनि व्यवहारमा त्यसको पूर्ण अनुभूति नभएको बताए। उनले समाचार संकलनका क्रममा पत्रकारले ज्यान गुमाउनुपर्ने विडम्बनापूर्ण अवस्था अझै कायम रहेको समेत उल्लेख गरेका छन्। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि पत्रकारको भौतिक र सामाजिक सुरक्षा सन्तोषजनक नरहेको, समाचारका कारण धम्की, आक्रमण र ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनले उल्लेख गरेका छन्। 

उनले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन प्रेस जगतले निरन्तर खबरदारी गर्दै आए पनि राज्यले प्रेसमाथि बक्र दृष्टि राखेको र कानुनी रूपमा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयास गरेको आरोप लगाए। 

‘पत्रकारको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र पेशागत मर्यादा जोगाउन हाम्रो संगठन निरन्तर क्रियाशील छ,’ दाहालले भनेका छन्, ‘प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पक्षधरहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता छ।’ 

स्थापना दिवसको अवसरमा उनले प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई एकतावद्ध भएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन्। 

प्रकाशित: १० भाद्र २०८२ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App