१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

‘नेपालीलाई स्वाबलम्बी बनाउन सामाजिक उद्यमशीलता आवश्यक’

नागरिकलाई आयआर्जनसँग जोड्न सरकार, सामाजिक संघ संस्था तथा निजी क्षेत्रले काम गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।  

नेपाल विकास समाज तथा सामाजिक उद्यमशीलता कोषले आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले नागरिकको दैनिकीसँग जोडिने गरी काम गर्न सकेमात्र सामाजिक रुपान्तरणका काम अघि बढ्ने बताएका छन् ।  

सामाजिक रुपमान्तरण र समाज विकासका क्षेत्रमा तथ्यांकगत रुपमा धेरै काम भए पनि त्यो व्यवहारिक र नतिजामुखी हुन सकेको छैन । अब सरकार र निजी क्षेत्र तथा सामाजिक संस्थाका काम नागरिकको दैनिकीसँग र आयआर्जनसँग जोड्ने खालको हुनुपर्ने गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले बताए ।  

भट्टराईले विश्वका अभ्यास र नेपालको परिदृश्यलाई तुलना गर्दै स्थानीय उत्पादन र त्यसको बजारीकरणसँग जोड्ने गरीको नीति निर्माणको काम हुनुपर्ने बताए ।  

उद्यमशीलतासँग जोड्दा नेपालमा अवसर र चुनौती विषय सत्रमा उनले नेपालमा उद्यमी भएर काम गर्न भएका कानूनी जटिलताको समाधान गर्न सरकारले भूमिका खेल्नुपर्ने, नाफामूलक तथा गैर नाफामुलक भनेर काम गर्ने संघ संस्थाको परिभाषालाई व्यवस्थित गर्नुपर्ने उनले बताए ।  

उद्यमशीलता तथा सामाजिक उद्यमशीलताका क्षेत्रमा हुने काममा भएका कानूनी चुनौती, आर्थिक, बजारीकरण तथा मानव स्रोत साधन व्यवस्थापनको चुनौती मिलेर सामना गर्नुपर्ने बताए ।  

पछिल्लो समय सामाजिक उद्यमशीलताका विषयले छलफलमा आउन थालेको बताउँदै उनले यसलाई व्यवस्थित बनाउन नेपालमा काम गर्न चाहने दातृ निकाय तथा काम गरिरहेको सरकारी निकायबीचको समन्वय जोडेर काम गर्नुपर्ने बताए ।  

सामाजिक उद्यमशीलता कोषका सभापति रणध्वज कन्दङ्वा लिम्बूले समाजकल्याण परिषदको मातहतमा रहेको यो कोषले नागरिकको दैनिकीसँग जोडिएर काम गर्ने प्रतिवद्धता जनाए ।  

फरक क्षेत्रमा काम गरिरहेका सबैसँग हातेमालो गरेर अघि बढ्न आफूहरू तयार रहेको बताउँदै उनले नेपालीको उन्नयनमा कोषको जोड रहने बताए ।  

सीप विकास गर्न, स्वाबलम्बी बन्न तथा विपन्नको आर्थिक विकासमा कोष सहयोगी बन्ने बताउँदै सभापति लिम्बूले सबैले मिलेर काम गर्नुपर्ने बताए ।  

कार्यक्रममा सहभागी भएका कम्पनी रजिष्टारको कार्यालयका उपनिर्देशक रामप्रसाद ज्ञवालीले सामाजिक उद्यमशीलतासँग जोडिएका उद्देश्य लिएर कम्पनी दर्ता हुन आउनेको संख्या बढेसँगै अपेक्षाकृत काम नभएर संस्था खारेजको क्रममा पुगेको बताउँदै यो दु:खद दृष्टान्तको अन्य गर्न सामूहिक पहल आवश्यक रहेको बताए ।  

उनले नेपाली युवा विदेश पलायन ठूलो समस्या भएको बताउँदै श्रमशक्ति निर्यात गरेर देशको विकास नहुने भएकाले यो समस्या सबै निकाय मिलेर हल गर्नुपर्ने बताए । उनले युवालाई उद्यमी बनाउन उद्यमशीलता कोषको भूमिका महत्वपूर्ण हुने बताए ।  

कार्यक्रमममा गैर सरकारी संस्था महासंघका उपमहासचिव किरण थापाले उद्यमशीलतामा स्व बुझाइ आवश्यक रहेको बताउँदै भावनासँग जोडिएको सामाजिक उद्यमशीलताको क्षेत्रमा सरकारको साथ सहयोग आवश्यक रहेको बताए ।  

कार्यक्रममा नेपाल विकास अभियानले सामाजिक विकास र नागरिकलाई स्वाबलम्बी बनाउन चालेको कदम तथा सामाजिक उद्यमशीलताका क्षेत्रमा नेपालीलाई जोड्न गरेका प्रयासको चर्चा गरिएको थियो । 

प्रकाशित: २६ कार्तिक २०८२ १८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App