रसुवास्थित माथिल्लो त्रिशूली– १ को टनेलबाट ६ वटा शव निकालिएको छ।
भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको हो।
उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।
उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।
प्रकाशित: २ आश्विन २०८३ १३:०२ शुक्रबार



-600x400.jpg)

-600x400.jpg)