१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सिरहा बम विस्फोट घटनाः अभियुक्त यादवलाई कारागार चलान

सिरहा जिल्ला अदालत बार एसोसिएसनको भवनमा भएको प्रेसर कुकर बम विस्फोट घटनाका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।  

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–१ स्थित बार एसोसिएसनको भुइँ तलामा रहेको ‘कामधेनु ल फर्म’ भित्र भएको विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका २९ वर्षीय गुमस्ताकुमार यादवलाई कारागार चलान गरिएको हो।

सुखिपुर नगरपालिका-३ लक्ष्मिनिया टोल बस्ने यादव सोही ल फर्ममा कार्यरत कर्मचारी हुन्। गत चैत २७ गते भएको उक्त विस्फोटको घटनापश्चात् प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो।  

अनुसन्धान पूरा गरी जिल्ला अदालत सिरहामा पेस गरिएका यादवलाई अदालतको आदेशानुसार बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

प्रकाशित: १८ वैशाख २०८३ १७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App