३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

सिपाडोल खानेपानीले दियो जगाती प्रहरीलाई डेढ लाख सहयोग

सिपाडोल बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति उपसमिति १ बाट जगाती प्रहरी वृत्त भक्तपुरलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।

खानेपानीका अध्यक्ष तुल्सीनारायण लाखेमरुले जगाती प्रहरी वृत्त पुनर्निर्माण समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जारलाई सो रकम बराबरको चेक आइतबार प्रहरी वृत्तमै हस्तान्तरण गरेका हुन्। स्थानीय जनता र प्रहरीको सुमधुर सम्बन्धका लागि सहयोग रकम हस्तान्तरण गरेको अध्यक्ष लाखेमरुले सोही कार्यक्रममा बताए। कार्यक्रममा खानेपानी समितिका पदाधिकारीहरू पनि उपस्थित थिए।  

जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त पनि जलेर क्षति पुगेको थियो। त्यही क्षति पुननिर्माणका लागि अहिले सहयोग संकलन भइरहेको छ। यस क्रममा खानेपानीले पनि सहयोग गरेको हो। सहयोगका लागि स्थानीय कृष्णराम जाकिबञ्जारको अध्यक्षमा उपभोक्ता समिति बनेको थियो। त्यही समितिले सहयोग संकलन गरी वृत्त भवन पुनर्निर्माण गर्ने तयारी गरिरहेको हो।

प्रकाशित: १२ आश्विन २०८२ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App