विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख आर्थिक सहयोग गरेको छ।
गायक झाकी धर्मपत्नी दीपानारायण झा तथा छोरा आदित्यनारायण झाका तर्फबाट साधना कला केन्द्रमार्फत उक्त सहयोग रकम प्रदान गरिएको हो। सहयोगस्वरूपको चेक आज अर्थमन्त्री स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण भएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति गायक झाको परिवारले गहिरो दुःख व्यक्त गरेको छ।
विपद्को कठिन घडीमा पीडित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणमा थोरै भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग रकम कोषमा जम्मा गरिएको परिवारले जनाएको छ।
प्रकाशित: २९ भाद्र २०८३ २१:०८ सोमबार





