१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कोमल वलीका बुवाको छतबाट खसेर निधन

चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीको पिता ललित बहादुर वलीको ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

वलीले सामाजिक सञ्जालमाफर्त बुवाको छतबाट खसेर निधन भएको जानकारी दिएकी हुन्।  

गायिकाले सामाजिक सञ्जालमा लेखेकि छन्, 'अत्यन्तै मर्माहत भएर जानकारी गराउँछु कि मेरा प्यारा बुवा ललित बहादुर वली आज घाम ताप्न जाने क्रममा छतबाट खस्नु भई महाप्रस्थान हुनुभएको छ। म काठमाडौंबाट आउँदै छु।’

बुवाको निधन छतबाट खसेर निधन भएको उनी भन्छिन्–‘अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर दिपाललित निवास (बाहिनी गेट नजिकै), तुलसीपुरमा राखिने छ।’

स्वर्गीय वली दाङको साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए। वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनले ‘दर्पण’ राष्ट्रिय गीत सङ्ग्रह र ‘मातृभूमि’ कविता सङ्ग्रह जस्ता कृति प्रकाशित गरेका थिए। उहाँका ३ छोरा र कोमल वलीसहित ४ छोरी रहेका छन्।

उनका सातवटा गीत रेडियो नेपालमा रेकर्ड भएका छन्, जसमा देउसी–भैलो, तीज र भजन समावेश छन्।

ललितबहादुर वली विभिन्न सामाजिक तथा साहित्यिक संस्थामा संलग्न थिए। उनी दाङ ज्येष्ठ नागरिक जिल्ला संघ, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान तथा पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुरका सदस्य थिए। उनको केही समयअघि पत्नीको निधन भएको थियो। उनको ३ छोरा र कोमल वलीसहित ४ छोरी छन।

प्रकाशित: १३ चैत्र २०८२ १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App