२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

नाग पञ्चमीमा कपिलवस्तुका सात पालिकामा बिदा

नाग पञ्चमीको अवसरमा कपिलवस्तुका सात पालिकाले मंगलबार स्थानीय बिदा दिएका छन्।

कपिलवस्तु, महाराजगञ्ज, कृष्णनगर र बाणगंगा नगरपालिका तथा सुद्धोदन, मायादेवी र यशोधरा गाउँपालिकाले सूचना जारी गर्दै नाग पञ्चमीमा पालिकामा स्थानीय बिदा दिएका हुन्। 

हिन्दू समुदायले मनाउने विशेष चाडको अवसरमा पालिकामा रहेका सबै वडा, शैक्षिक संस्था, स्वास्थ्य संस्थामा पनि बिदा दिने सूचना जारी गरेका छन्।

आकस्मिक र बर्थिङ सेन्टरबाहेक पालिकामा प्रदान गरिने सबै सेवा बन्द रहने जनाइएको छ। साउन शुक्ल पञ्चमीका दिन तराई मधेसमा नाग पञ्चमीमा घरको मुख्य द्वारमा नागको फोटो टाँसेर पूजा गर्ने चलन छ।

प्रकाशित: १२ श्रावण २०८२ १८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App