इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुनः श्यामबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
एसोसिएसनको शनिबार भएको २२ औ वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा शुशिल सिवाकोटी, महासचिवमा रितेश श्रेष्ठ, सचिवमा सुशोभित रंजितकार, कोषाध्यक्षमा स्मृति रेग्मी र सहकोषाध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा क्रमशः जुना भटराई, समिक्षा अग्रवाल, विश्वतम श्रेष्ठ, सायना डंगोल, अशोक महर्जन, रेखा शाही, प्रविण श्रेष्ठ र रेशाने शाक्य रहेका छन् । एकजना सदस्य निर्वतमान अध्यक्ष रहने विधानमा व्यवस्था भएको जनाइएको छ ।
प्रकाशित: २१ भाद्र २०८२ १९:१९ शनिबार





