गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।
यारूवगर क्षेत्रमा रहेको ठाडो भर्याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको हो। सुख्खा पहिरो खसेपछि उक्त क्षेत्रमा जोखिम बढेको छ।
पहिरोका कारण मानवीय तथा भौतिक क्षति भए–नभएको विवरण भने प्राप्त भएको छैन।
प्रकाशित: २८ कार्तिक २०८३ १०:५७ शनिबार





