२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा सात घाइते

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सात सवारीसाधन एकअर्कासँग ठोक्किएका छन्। बिहान ७:१५ बजे सवारीसाधन एकअर्कासँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 

घटनामा घाइते भएका सात जनालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: १ कार्तिक २०८२ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App