१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मादक पदार्थ सेवन गरी यात्रुवाहक गाडी चलाउने सात जना पक्राउ

मापसे गरेका चालकलाई पक्राउ गरेपछि नियन्त्रणमा लिइएका सवारीसाधन ।

मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी चलाउने सात जना चालक पक्राउ परेका छन् ।  

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शनिबार गरिएको विशेष चेकिङको क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सात जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  

बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बस चालक कलिकोटको पचालझरना गाउँपालिका ७ घर भई हाल काठमाडौंको नामखेल बस्ने ३४ वर्षीय खम्ब दमाई,  बा  ५ ख ७९१ नम्बरको भाडा बस चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७ घर भई हाल मुलपानी बस्ने ३४ वर्षीय सीताराम गिरी र बागमती प्रदेश ०१-००२ ज ८५१८ नम्बरको हायस चालक काठमाडौंको टेकु बस्ने ६७ वर्षीय मोचाकाजी महर्जनलाई काठमाडौंको बाफलबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  

त्यस्तै बागमती प्रदेश-०१-००६ख८९८३ नम्बरको महानगर यातायातको बस चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका१३ घर भई हाल काठमाडौंको वाफल बस्ने ३७ वर्षीय सकुल डोटेललाई गौशालाबाट र बा ४ ख ९३५६ नम्बरको बस चालक नुवाकोटको विदुर नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ३७ वर्षीय राजु कटुवाललाई चाबहिलबाट नियन्त्रणमा लिएको हो । त्यस्तै  बागमती प्रदेश ०१-००६ ख ५४३१ नम्बरको रात्रिकालिन बसका चालक सप्तरीको राजविराज नगरपालिका ११ बस्ने ४० वर्षीय धर्मदेव यादवलाई कोटेश्वरबाट र बा ४ ख ४१० नम्बरको माइक्रो चालक सर्लाहीको बागमती नगरपालिका १ का ३६  वर्षीय अजय गोलेलाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको हो । उनीहरूले मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाइरहेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।  

नियन्त्रणमा लिएका चालकहरूलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

प्रकाशित: ९ कार्तिक २०८२ १८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App