२६ माघ २०८२ सोमबार
image/svg+xml
समाज

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरुआत गरेको छ । जेन-जी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो । मर्मत गरेर कार्यालयका  सेवा थालिएको उनले बताए।

तोडफोड र आगजनीका कारण नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानीसँग सम्बन्धित सबै काम अवरुद्ध भएका थिए ।  

प्रकाशित: ३० भाद्र २०८२ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App