१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

महावीरलाई धनराजको सुझाव: सडकमा किताब बेच्नु कानुन विपरीत

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महाविर पुनले सडकमा उभिएर किताब बिक्री गर्नु कानुनविपरीत हुने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले देशभर घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाउने कार्य सराहनीय भए पनि बिना दर्ता वा आवश्यक अनुमति नलिइ बिक्री–वितरण गर्दा कानुनी जटिलता आउन सक्ने उनले बताएका छन्।  

उनले पछिल्ला दिनमा सडकमा पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको र केही अनावश्यक विवादसमेत भएको बताउँदै अहिले सम्मानित सार्वजनिक व्यक्तित्व भएकाले यस्तो अवस्था उपयुक्त नदेखिने समेत बताएका छन् । 

आचार्यले देशभर करिब १८ हजार पुस्तक व्यवसायी राज्यका निकायमा दर्ता भई पुस्तक बिक्री–वितरणमा संलग्न भएको भन्दै पुनले पनि  पुस्तक व्यवसायी महासंघमार्फत पुस्तक बिक्री गर्नुपर्ने बताएका छन् । 

साथै हालसम्म कति पुस्तक बिक्री भयो भन्ने विवरण सार्वजनिक गर्न सके पारदर्शिता बढ्नुका साथै करसम्बन्धी उठ्न सक्ने प्रश्नको जवाफ दिन पनि सहज हुने उनको भनाइ छ।  

प्रकाशित: २७ फाल्गुन २०८२ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App