१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

चटपटे बेचेर आत्मनिर्भर

जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ न्याउरीघाट गाउँकी २८ वर्षीया फुलमाया ९रावत ० कठायत खलंगामा चटपटे बेच्छिन्। 

फुलमायाका दुई सन्तान छन्। उनी विगत एक वर्षदेखि चटपटे व्यवसायमा लागेकी हुन्। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म, उनका हातले बनाएका चटपटेको स्वाद लिन सयौँ ग्राहक पुग्छन्।

चटपटे बेचेर फुलमायाले मासिक १५ देखि १८ हजार कमाउँछिन्।  चटपटे र पानीपुरी ५० रुपैयाँ प्लेटमा दैनिक १ हजार देखि १५ सय रुपैयाँ सम्म कमाउँछिन्। उनले एउटी छोरीलाई छिमेकी देश भारत लामा पढाउन हालेकी छन् भने जेठी छोरी ईश्वरी कठायत जुम्लाको सदरमुकाम खलंगाको जिएमडी बोर्डिङ स्कुलमा तीन कक्षामा पढाइरहेकी छिन्।

उनका श्रीमानले दोस्रो विवाह गरे। त्यसपछि उनी चटपटे बेच्न थालिन्। “सुरुमा लाज लाग्थ्यो, तर अहिले गर्व लाग्छ,” उनी भन्छिन्, “मेहनत गर्दा पेट पाल्न सकिन्छ भन्ने विश्वास पलाएको छ।” व्यवसाय सानो भए पनि आम्दानीले घर खर्च चलाउन सहज भएको उनी बताउँछिन्।

फुलमायाले ८ पास गरेकी छन्। २०७० सालमै ७ कक्षामा पढ्दै विवाह गरिन्। “अहिले धेरैले मलाई सहयोग र हौसला दिनुभएको छ,” फुलमाया भन्छिन्, “श्रमबाट जिउन लाज होइन, गर्वको कुरा हो।” 

प्रकाशित: २७ भाद्र २०८२ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App