भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर विरगन्जमा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
बरामद गरिएका स्कुटरको बजारमूल्य रु ८० लाख रहेको बताइएको छ। तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।
प्रकाशित: २ आश्विन २०८३ ०७:३२ शुक्रबार




-600x400.jpg)
