पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलस्तुको बाणगंगा नगरपालिका- ७ घेरुवा बनगाईमा गाडीको ठक्करबाट स्कूटर चालकको मृत्यु भएको छ ।
लु ६१ प ३१०६ नम्बरको स्कुटरलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाईते भएका बाणगंगा नगरपालिका- १० का २५ वर्षीय अनुश योगीलाई कपिलवस्तु सामुदायिक अस्पताल लगिएको थियो ।
डाक्टरले योगीलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । दुर्घटनामा संलग्न भएको आशंकामा लु १ ज २९९३ नम्बरका बिङगर चालक सुदीप कुमार थारु र लु प्र ०१–०००१ ज ०१२ नम्बरका ईभी हाईस चालक बासुदेव दर्जीलाई नियन्त्रणमा लिइएको छ ।
प्रकाशित: ३ कार्तिक २०८२ २०:४५ सोमबार





