२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

अत्यधिक गर्मी बढेपछि कपिलवस्तुमा तीन दिन विद्यालय बिदा

अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ।

कपिलवस्तु नगरपालिकाले सूचना जारी गर्दै जेठ २५ देखि २७ जेठ सम्म विद्यालयमा गर्मी बिदा दिएको हो।

एक साता यता प्रचण्ड गर्मीका कारण कपिलवस्तुमा जनजीवन प्रभावित हुँदै आएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा हो। गर्मीका कारण विद्यालयका शिक्षण सिकाई क्रियाकलाप गर्न गाह्रो हुने तथा बालबालिकाहरूको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई विचार गर्दै बिदा दिइएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए। 

यस्तै केही दिन यता बढ्दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाहरूको स्वास्थ्य अवस्थामा पर्ने सक्ने प्रतिकूल असरलाई विचार विद्यालयमा बिदा दिइएको मेयर सुदीप पौडेले बताए।

नगर शिक्षाको निर्णय अनुसार बर्खै बिदाबाट कट्टा हुने गरी आकस्मिक बिदा दिइएको नगरपालिका शिक्षा शाखा प्रमुख युवराज भुसालले बताए।

कपिलवस्तुका धेरै जसो विद्यालय टिनको छानो छ। जसले गर्दा गर्मीका झनै समस्या हुने गरेको छ। गर्मीका कारण सानो कक्षामा पढ्ने विद्यार्थीहरु मुर्छा पर्ने लगायतका समस्या देखिएको शिक्षकहरू बत्ताउँछन्।

प्रकाशित: २२ जेष्ठ २०८३ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App