१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
समाज

विद्यालय हिँडेका बालक एक सातादेखि बेपत्ता

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-१२ थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता छन्।

गौतम जेठ ७ गते बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका-२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल गएका थिए।

गौतम यादव थरुवाही गाउँ बस्ने बुवा आशुतोष यादव र आमा पुनमाया यादवका छोरा हुन्।

विद्यालय समय सकेर बालक गौतम घर नफर्केपछि परिवारजनले सोही दिन विद्यालयमा सम्पर्क गर्दा उनी विद्यालय नै नआएको विद्यालयबाट जवाफ आएको थियो।

बुवा आशुतोष र आमा पुनमले आफ्नो छोरा विगत सात दिनदेखि बेपत्ता रहेको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेपछि उनी अपहरणमा परेको वा बेचिएको हुनसक्ने आशङ्का गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएका छन्। रासस

प्रकाशित: १३ जेष्ठ २०८३ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App