राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपति भवनमा आज बिदाइ भेट गरेका छन्।
सो अवसरमा उनीहरूबिच नेपाल र साउदी अरबबिचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकोमा धन्यवाद समेत दिए।
प्रकाशित: ९ मंसिर २०८२ १३:२८ मंगलबार





