२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

रास्वपाका जिल्ला सभापति पौडेलको निधन

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विपिन पौडेलको निधन भएको छ । 

सभापति पौडेलको मंगलबार राती सिंगापुरमा निधन भएको हो । बाँसगढी नगरपालिका–४ का ४७ वर्षीय पौडेल १५ दिनका लागि व्यक्तिगत भ्रमणमा सिंगापुर गएका थिए । 

सभापति पौडेलको हृदयघातको कारण निधन भएको जानकारी प्राप्त भएको रास्वपा जिल्लाका सचिव दिपक बीसीले बताए । सचिव बिसीका अनुसार साउन १ गते भ्रमणको लागि घरबाट निस्केका सभापति पौडेल भारत, मलेसिया, थाइल्यान्ड हुँदै मंगलबार बिहान मात्र सिंगापुर पुगेका थिए ।

प्रकाशित: १४ श्रावण २०८२ १८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App