काठमाडौं महानगरपालिकाले सडकलाई निजी कामका लागि र अरूलाई असर हुने गरी प्रयोग गर्न नपाइने जनाएको छ।
यसै क्रममा महानगरले दरबार मार्गमा घरको कार्पेट सडकमा निकालेर धुलो टक्टक्याउने पंकज कुमारलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। साथै प्रहरी बलले सहरी आचरण र सार्वजनिक स्थलको मर्यादा विपरीत काम नगर्न अनुरोध समेत गरेको छ।
प्रकाशित: ३ वैशाख २०८३ ०९:४७ बिहीबार





