१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट, एक पक्राउ

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट भएको छ। पोखरामा एक युवकले पोखरा महानगरपालिका वडा नम्बर–१२ शितलादेवी बस्ने देवीकला अधिकारीलाई नक्कली पेस्तोल देखाएर सोमबार लुटपाट गरेका हुन्। नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पर्वतको मोदी गाउँपालिका वडा नम्बर–१ घर भई पोखरा–२० भलाम बस्दै आउका सुजन विक रहेको कास्की प्रहरीले जनाएको छ।

सोमबार राति ८ः५० मा लुटपाट गरेका उनलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए। नक्कली पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनासाथ गएको वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोलीले उनलाई पक्राउ गरेको उनले बताए।

पक्राउ परेका विकको साथबाट नक्कली पेस्तोल एक थान र निजले प्रयोग गरेको ग.१३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको उनले जानकारी दिए।

पक्राउ परेका विकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ आश्विन २०८२ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App