११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

त्रिशूली नदीको कटानले सिमलतालमा सडक भासियो, मुग्लिन-नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडकको करिब आधा भाग भासिएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान ८ः४५ बजे सिमलतालमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक एकतर्फी अवरुद्ध भएको हो।

सडकको करिब आधा भाग भासिएकाले उक्त स्थानमा सवारीसाधन आवागमन जोखिमपूर्ण बनेको छ। सडक डिभिजनले सडकको अवस्था तथा थप क्षतिको अनुगमन गरिरहेको जनाएको छ।

लगातारको वर्षाका कारण त्रिशूली नदीमा पानीको बहाव बढिरहेकाले उक्त सडकखण्डमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: ११ आश्विन २०८३ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App