१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

कर्णाली राजमार्गको चौखोलामा पहिरो खस्दा सडक अवरुद्ध

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। 

बुधबार बिहान सडकमाथिबाट ठूलो चट्टान र माटोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

सडक बन्द भएसँगै मुगु, जुम्ला, कालीकोट तथा सुर्खेततर्फ आवतजावत गर्ने दर्जनौँ सवारीसाधन रोकिएका छन् भने सयौँ यात्रु बिच बाटोमै रोकिएका छन्।

पहिरोका कारण यात्रुवाहक गाडीका साथै खाद्यान्न र अत्यावश्यक सामग्री बोकेका मालवाहक सवारीसाधनसमेत बिच बाटोमै रोकिएका छन्।

अवरुद्ध सडक सफा गरी यातायात पुनः सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरी उपकरण सहित टोली परिचालन भएको  प्रहरीले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०८३ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App