३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

आर्मीले चलाएको गोलीले गैँडा मर्‍यो

चितवन राष्ट्रिय निकुञ्जमा आर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा एउटा गैँडा मरेको छ ।  

बिहीबार निकुञ्जको कोर क्षेत्रमा गस्तीमा गएको समयमा अचानक गैंडाले सीपाहीलाई आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउँदा अन्दाजी २४ वर्षको पोथी गैँडा मरेको हो ।  

चितवन राष्ट्रिय निकुञ्जका अनुसार सोही गस्तीमा गएका कमाण्डरले गैँडा धपाउन १० राउड हवाई फायर गरेका थिए। त्यसपछि पनि नभागेपछि कमाण्डरको आदेशमा अर्का एक जनाले चार राउण्ड गोली प्रहार गरेका थिए। त्यसपछि पनि गैंडाले आक्रमण गरेको हुँदा घाइते सिपाहीलाई बचाउन थप २ राउण्ड गोली चलाएको र गैँडाको पेटभन्दा माथि गोली लागेर ज्यान गुमाएको निकुञ्जले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

ज्यान गुमाएको गैँडाको पोष्टमार्टम गरिसकिएको छ भने घाईते सिपाहीलाई उपचारका लागि हेलिकप्टरबाट वीरेन्द्र अस्पताल छाउनीमा लगिएको निकुञ्जका संरक्षण अधिकृत अभिनाश थापा मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २७ चैत्र २०८२ २१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App