१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

कर्णालीको गेरुवा भंगालोमा मृत अवस्थामा गैंडा फेला

कर्णालीको गेरुवा भंगालोमा मृत अवस्थामा गैंडा फेला परेको छ। गेरुवा गाउँपालिका–६ स्थित मृत अवस्थामा शनिबार गैंडा फेला परेको हो।

अन्दाजी २२ वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले बताए। ‘एकआपसमा जुधेर प्राकृतिक कारणले गैंडाको मृत्यु भएको प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘पोष्टमार्टमपछि वास्तविकता खुल्नेछ।’

गैंडाको सम्पूर्ण अंग सुरक्षित रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए।

प्रकाशित: १७ श्रावण २०८३ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App