२४ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : एक हजार ४५७ को मृ*त्यु, चार हजार ७२० जना बेपत्ता

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ः०० बजेसम्मको विवरण हो।

बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको मृत्यु भएको बताएको हो।

सङ्कलन भएका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३५ शव  व्यवस्थापन गरिएको छ। एक हजार ४३८ शवको पहिचान हुन सकेका छैन। बाढीपछि चार हजार ७२० जना बेपत्ता छन्।

यसैगरी, बाढीबाट विस्थापित एक हजार २३१ जना विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ।

प्रकाशित: २४ आश्विन २०८३ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App