सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनको परिचयपत्रका आधारमा कानून व्यवसायीलाई सिंहदरबार प्रवेशमा कडाइ गरेको छ।
प्रशासकीय अदालतले सूचना निकालेर अदालतसँग सम्बन्धित काम कारबाहीका लागि सिंहदरबार प्रवेश गर्न विभिन्न सुविधाको व्यवस्था गरिएको जनाएको छ।
सूचना अनुसार अब पदाधिकारी कर्मचारीले सम्बन्धित निकायको आधिकारिक परिचयपत्र, कानून व्यवसायीले नागरिक एपको सिंहदरबार गेट पासका आधारमा, मुद्धाका पक्ष वा वारेसलाई सम्बन्धित पक्ष वारेसको तारिख पर्चाका आधारमा तथा आगन्तुक सरोकारवाला अन्य सबैको हकमा प्रशासकीय अदालतको दैनिक इ-पासका आधारमा सिंहदरबार प्रवेशको व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

प्रकाशित: २५ चैत्र २०८२ १२:५२ बुधबार





