३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

सार्वजनिक गाडीमा आरक्षित सिट अनिवार्य, उल्लंघन गरे कारबाही हुने चेतावनी

सार्वजनिक यात्रुवाहक सवारीसाधनमा आरक्षित सिटको व्यवस्था अनिवार्य रूपमा लागू गर्न यातायात व्यवस्था विभागले निर्देशन दिएको छ। 

विभागले सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ अनुसार सार्वजनिक सवारीमा चार वटा सिट अशक्त व्यक्तिका लागि र दुई वटा सिट महिलाका लागि सुरक्षित राख्नुपर्ने बताएको छ।

पछिल्लो समय स्थानीय तथा लामो दूरीका सवारीसाधनहरूले उक्त व्यवस्था कार्यान्वयन नगरेको भन्दै जनगुनासो बढेपछि सम्बन्धित सवारी धनी तथा यातायात सेवा सञ्चालकहरूलाई तत्काल कानुन पालना गर्न सूचित गरिएको विभागले जनाएको छ।

निर्देशन अनुसार अब आरक्षित सिट सुरक्षित नराख्ने सवारी धनी तथा सेवा सञ्चालकहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

यस्तै, लामो दूरीका सवारीसाधनका हकमा गन्तव्यतर्फ प्रस्थान गर्नुभन्दा कम्तीमा चार घण्टा अगाडिसम्म आरक्षित सिट सुरक्षित राख्नुपर्ने व्यवस्था समेत लागू गरिने जनाइएको छ।

प्रकाशित: २८ चैत्र २०८२ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App