१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

आफूले आवेदन दिएको कार्यालयबाटै लाइसेन्स लिन विभागकाे अनुरोध

यातायात व्यवस्था विभागले आफूले आवेदन दिएको कार्यालयबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन अनुरोध गरेको छ।

विभागले सूचना जारी गरेर लामो समयदेखि छपाइको पर्खाइमा रहेका लाइसेन्स छपाई सम्पन्न गरी सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन सुरु गरेको जानकारी गराएको छ।  

छपाई भएका लाइसेन्सहरू द्रुत गतिमा सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य भइरहेको र सेवाग्राहीले सम्बन्धित कार्यालयबाटै लाइसेन्स लिन सक्ने सूचनामा उल्लेख गरिएको छ।  

विभागका अनुसार चालकहरूले आफूले ट्रायल पास गरेको वा नवीकरणका लागि विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स प्राप्त गर्न सक्नेछन्। 

‘सवारी चालक अनुमतिपत्र छपाई भई यस विभागमा प्राप्त भएका लाइसेन्सहरू सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य द्रुत गतिमा भइरहेको हुँदा सम्बन्धित व्यक्तिले आफूले विवरण पेस गरेको कार्यालयबाट नै लाइसेन्स लिनुहुन जानकारी गराइन्छ।’, विभागले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित: ८ वैशाख २०८३ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App