१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

बाढी पीडितलाई राहत बितरण

मोरङका बाढी पीडितहरूलाई राहत बितरण थालिएको छ । नेपाल रेडक्रस सोसाईटी मोरङले विराटनगर १६ र कटहरी ४ का बाढी पीडितहरूलाई राहत बितरण गरेको हो।  

बाढीले पूर्णरुपमा क्षति पुर्‍याएका घरधनीलाई राहत बितरण गरिएको नेपाल रेडक्रस सोसाईटी मोरङले जनाएको छ। राहत सामाग्री मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, रेडक्रस सोसाईटी मोरङका सभापति सुकदेव मण्डललगायतले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए। 

रेडक्रस मोरङका सभापति सुकदेव मण्डलले विराटनगर १६ र कटहरी ४ का बाढीले घरमा पूर्ण क्षति पुगेका ३० परिवारलाई राहत बितरण गरिएको जानकारी दिए। उनका अनुसार  असोज १७ गते देखिको अबिरल बर्षा पछि  आएको बाढी र डुवानमा परेर  मोरङमा १ सय ६८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ४ सय ३९ घरमा आंशिक क्षति पुगेको छ।

 बाढीका कारण मोरङमा एक जना महिलाको डुवेर मृत्युसमेत भएको थियो।

प्रकाशित: २४ आश्विन २०८२ १९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App