१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

पोस्टमार्टम विभागको भित्तामा आफ्ना मान्छे खोज्दै आफन्त

तस्बिर: पवित्रा सुनार/नागरिक

त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभाग परिसरमा यतिबेला अत्यन्तै कारुणिक दृश्य देखिन्छ।

भोटेकोशीको बाढीमा हराइरहेका आफ्ना आफन्तको खोजी र पहिचानका लागि त्यहाँ पुगेका परिवारका सदस्यहरू विभागको भित्तामा टाँसिएका शव र बेपत्ताका तस्बिरहरू नियाल्दै आँसु पुछिरहेका छन्।

पोस्टमार्टम ब्लकबाहिर टाँसिएका तस्बिरमध्ये निकै कम शव मात्र सहजै चिन्न सकिने अवस्थामा छन्। बाढी र लेदोका कारण अधिकांश शव क्षतविक्षत भएकाले अनुहारबाट पहिचान गर्न असम्भवप्रायः बनेको छ।

यस्तो अवस्थामा आफन्तहरूले शरीरमा खोपिएका ‘ट्याटु’ वा विशेष जन्मचिह्नका आधारमा आफ्ना मानिस पहिचान गर्ने कोसिस गरिरहेका छन्।

सोही स्थानमा अझै फेला नपरेका तर खोजीको आशा गरिएका बेपत्ता नागरिकहरूको तस्बिरसमेत टाँसिएको छ। आफ्ना मानिस सकुशल भेटिने झिनो आशा र शवका तस्बिरमा आफ्नै प्रियजनको पहिचान खोज्नुपर्ने विवशताको दोसाँधमा आफन्तजन दिनभर भावविह्वल मुद्रामा प्रतीक्षारत देखिन्छन्।

हेराैं तस्बिरहरु-

प्रकाशित: १४ भाद्र २०८३ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App