आर्थिक सर्वेक्षण २०७२/७३ अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका एक हजार १३६ स्वास्थ्य संस्थामध्ये २०८२ फागुनसम्म एक हजार ५१ संस्थाको पुनर्निर्माण भएको छ।
निजी आवास पुनर्निर्माणतर्फ २०८२ फागुनसम्म आठ लाख ३५ हजार १८५ लाभग्राहीको पहिचान गरिएकामध्ये आठ लाख ३४ हजार ३०३ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन्।
त्यसैगरी सात लाख ७० हजार ८३८ लाभग्राहीले दोस्रो किस्ता तथा सात लाख ४३ हजार ९८७ लाभग्राहीले अन्तिम किस्ता पाएका छन्।
सर्वेक्षण अनुसार हालसम्म सात लाख ७३ हजार ९८७ निजी आवासको पुनर्निर्माण भएको छ।
यसैगरी जेन-जी आन्दोलनबाट शहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्रका १२६ भवनमा सामान्य क्षति र १४४ भवनमा आंशिक वा पूर्णक्षति भएको थियो। क्षति भएका संरचनामध्ये सामान्य क्षतितर्फ ५८ संरचनाको पुनर्निर्माण भएको छ भने ६० संरचनाको निर्माण कार्य सुरु भइसकेको छ।
प्रकाशित: १४ जेष्ठ २०८३ १३:२१ बिहीबार





