२३ आश्विन २०८२ बिहीबार
image/svg+xml १२:४८ अपराह्न
समाज

रवि नख्खु कारागारको ‘सीआरसी’ ब्लकमा

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार सारिएको छ।

शनिबार साँझ भैरहवाबाट काठमाडौं ल्याइएका उनलाई विगतमा रौतहट विस्फोटकाण्डका आरोपी पूर्वमन्त्री अफताब आलमलाई राखिएकै ‘सीआरसी’ ब्लकमा राखिएको हो।

नख्खु कारागार स्रोतका अनुसार, लामिछानेलाई करिब ४ सय बढि कैदीबन्दी रहेको ‘सीआरसी’ ब्लकमा राखिएको छ। ‘सीआरसी’ ब्लकमा राख्ने तयारी हो। अरूसँग मिलेर बस्नुहुन्छ।’ स्रोतले भन्यो।

यद्यपि, कारागार प्रशासनले उनलाई सोही ब्लकभित्र एउटा छुट्टै कोठामा राख्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।

लामिछानेलाई काठमाडौं ल्याइने खबर पाएलगत्तै दिउँसैदेखि रास्वपाका नेता–कार्यकर्ता र समर्थकहरू नख्खु कारागारबाहिर जम्मा भएका थिए। उनलाई कारागारभित्र लगिएपछि उनीहरूले नाराबाजी गरेका थिए।

भीडलाई नियन्त्रणमा राख्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले जेठ १४ गते नै कारागार सरुवाका लागि निवेदन दिएका थिए।

अदालतले अनुमति दिएको करिब ४० दिनपछि मात्र उनलाई स्थानान्तरण गरिएको हो

प्रकाशित: ३१ श्रावण २०८२ १९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App