२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

रौतहट घटना: आपसी सम्मान र एकता कायम राख्न सर्वपक्षीय बैठकको अपिल

दुई समुदायबिचको विवादपछि उत्पन्न तनाव अन्त्यका लागि रौतहटका सबै पक्षले सार्वजनिक अपिल जारी गरेका छन्। सरोकारवाला र सबै पक्षले लगातार बसेको बैठकपछि आपसी सम्मान र एकता कायम राख्दै सौहार्द्रपूर्ण वातावरण कायम राख्न अपिल गरेको हो। 

सार्वजनिक अपिलमा भनिएको छ, 'हामी सबै मिलेर सौहार्द्रपूर्ण वातावरण कायम गर्दै आपसी सम्मान, सहिष्णुता, एकता र समझदारी कायम गर्न जिल्लाका सम्पूर्ण क्षेत्रमा सामाजिक, धार्मिक सहिष्णुता कायम गर्न अपिल गर्दछौँ।' 

द्वन्द्वले आफैँलाई क्षति पुर्‍याउने उल्लेख गर्दै उनीहरूले समाजमा शान्ति कायम गर्नु सबै जिल्लावासीको कर्तव्य भएको बताएका छन्। जिल्लामा शान्ति कायम राख्न तनावपूर्ण बनेको सबगढा क्षेत्रमा सोमबार बिहान साढे ७ बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैको सहभागितामा सद्भाव र्‍याली निकाल्ने सहमति पनि भएको छ। 

यसअघि सर्वपक्षीय बैठकले ५ बुँदे सहमति गरेको थियो। जिल्ला सुरक्षा समितिले औपचारिक अनौपचारिक छलफल गराई समस्याको समाधान खोज्ने, विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा अनर्गल प्रचार प्रसार गरी शान्तिपूर्ण अवस्थामा खलल पुग्ने अवस्था देखिएमा आवश्यक कारबाही गर्न सुरक्षा निकायलाई सहयोग गर्ने तथा पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा सुरक्षा निकायको अनुसन्धानबाट दोषी देखिएमा र अनुसन्धानका क्रममा थप व्यक्तिहरूलाई पक्राउ गर्नु पर्ने अवस्था आएमा प्रहरी प्रशासनलाई अपिल गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित: १० फाल्गुन २०८२ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App