१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

रौतहट जिल्ला अदालतका कर्मचारी ५० हजार घुससहित पक्राउ

रौतहट जिल्ला अदालतमा घुस रकमसहित एक कर्मचारी पक्राउ परेका छन्।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित जिल्ला अदालतका डिट्ठा लभकुमार सिंहलाई पक्राउ गरेको हो।

सेवाग्राहीसँग मुद्दा मिलाइदिने बहानामा घुस मागेपछि आयोगमा उजुरी परेको थियो। सोही आधारमा डिएसपी राजिव श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गौरस्थित जिल्ला अदालत परिसरमै सिंहलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ।

आयोगको टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: १७ चैत्र २०८२ १७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App