रसुवामा आएको भीषण बाढीका कारण ड्युटीमा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। बाढीपछि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ९ सदस्यीय टोलीसँग सञ्चार सम्पर्क विच्छेद भएको हो।
सशस्त्र प्रहरी बलका अनुसार उक्त टोली नियमित ड्युटीका लागि खटिएको थियो। बाढी आएपछि टोलीसँग सम्पर्क हुन नसकेको उनले जानकारी दिए।
सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा घटनाको थप विवरण संकलन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रकाशित: १० भाद्र २०८३ ११:३८ बुधबार


-600x400.jpg)

