१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

देशका विभिन्न ठाउँमा वर्षा

अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। 

विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा मेघगर्जन, चट्याङसहित पानी पार्ने बादल विकासित भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार अहिले कास्की, लमजुङ, म्याग्दी, मनाङ आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का पानी परिरहेको छ। अहिले त्यहाँ पानी पारेको प्रणाली पूर्वतिर सरिरहेको र विस्तारै अरु ठाउँमा पनि पानी पर्न थाल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।  

प्रकाशित: १७ चैत्र २०८२ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App