२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, शनिबार दिउँसोदेखि थप सक्रिय हुने

फाइल तस्बिर

आज बिहानैदेखि देशका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ। अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरूमा वर्षा भइरहेको छ। पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ।

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो। भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराको असरले नेपालमा पानी परेको हो।

जलवायुविज्ञ धर्मराज उप्रेतिका अनुसार आज दिउँसो नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको बताएका छन्।

उनले भारतको बिहार, पूर्वी उत्तर  प्रदेश हुँदै नेपालमा बादलको बाहिरि घेरा लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्मै पुगेको बताउँदै भित्री घेरा जस्ले भारी वर्षा गराउने गर्छ त्यो प्रणाली नेपालको दक्षिणी भागमा पुगेको जानकारी दिए। हेटौंडादेखि ललितपुर र आसपासमा मध्यम वर्षा हुँदै छ र यो निरन्तर हुँदै जाने देखिने उनले बताए। उनले भने, 'दुईवटा भूउपग्रहमा समनता देखिन्छ। बाँकी आज मध्य राति लेखेको, हिजो अस्ती लेखेको, जल तथा मौसम विज्ञान विभागको सूचना र अन्य भर पर्दा स्रोतहरू हेर्दै अप्डेट हुँदै जानु आवश्यक छ।'

साथै जलवायुविज्ञ उप्रेतिले बङ्गलको खाडीबाट आएको प्रणाली बिहारमा पुगे र नेपाल नजिक पुग्दै गरेका जानकारी दिए। 'यो प्रणाली बलियो देखिन्छ। जसरी भारतमा वर्षा गराउँदै उत्तरतिर आउँदै छ र विभिन्न मोडेलले देखाएको नेपाली भूभागमा हुन सक्ने प्रभाव, आदि हेर्दा लुम्बिनी प्रदेशदेखि मध्यम प्रभाव पार्दै गण्डक, बागमती, मधेस र कोशी प्रदेशमा भारी वर्षा गराउने सम्भावना बलियो हुँदै गएको छ।'

उनले शनिबार बिहानसम्म तराइ हुँदै पाहाड उक्लिने तर नेपालमा शनिबार दिउँसोदेखि थप सक्रियता देखाउने सम्भावना देखिएको बताए। उनले भने, 'तर सबै मौसमी मोडेलमा एकरुपता भने छैन। केही मोडेलले अति भारी वर्षा देखाउँदै छ भने केहीले मध्यमदेखि भारी। अब वास्तविक अवस्था कसरी सुरु हुन्छ, यदि वर्षाको मात्रा बढ्दै गयो भने सतर्कता बढाउन जरुरी छ।'

प्रकाशित: १८ आश्विन २०८२ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App