कर्णाली करिडोरअन्तर्गत खुलालु–हुम्ला सल्लीसल्ला सडक अवरुद्ध भएको छ।
भारी वर्षासहितको पहिरोले ठाउँ ठाउँका सडक बगाएपछि करिडोर अवरुद्ध भएको हो।
यस्तै, कालीकोटको जितेदेखि सान्नीगाड खण्डमा पहिरोले सडक अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ।
करिडोरको भौरेकुना, रेगिंल, कोट, आमतडालगायका ठाउँमा सडक अवरुद्ध भएको रास्कोटका प्रेम चौलागाईले जानकारी दिए।
अवरुद्ध सडकको पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक हिम बहादुर खत्रीले जानकारी दिए।
उनले मंगलबार बेलुकादेखि परेको वर्षाले सडक अवरुद्ध भएको बताए। अहिले सडक खुलाउने काम चलिरहेको उनको भनाइ छ।
प्रकाशित: २७ जेष्ठ २०८३ १६:०९ बुधबार

