१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

मधेसमा मोहम्मद जयन्तीका अवसरमा आज सार्वजनिक बिदा

फाइल तस्बिर

मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) का अवसरमा मुस्लिम धर्मावलम्बीका लागि प्रदेशभर आज बुधबार बिदा दिने निर्णय गरेको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले सूचना जारी गर्दै मोहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय भएको बताएका छन्। 

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नेपाली मुस्लिम धर्मावलम्बीका लागि मोहम्मद जयन्तीका दिन बिदा दिने व्यवस्था रहेकाले प्रदेशमा पनि बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० भाद्र २०८३ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App