१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ।

यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ।

प्रकाशित: ६ भाद्र २०८२ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App