१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  

आइतबार बिहान बेलका नगरपालिका २ गिदेरी खोलास्थित सडकमा बानडाँडाबाट गिदेरीतर्फ खेत जोत्न जादै गरेको प्रदेश १–०४९–०१ त १३३२ नं. को टयाक्टर दुर्घटना हुँदा चालक सोकिन्दर चन्द्रवंशीको मृत्यु भएको हो।

टयाक्टर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १ चैत्र २०८२ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App