आइतबार लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले एक सूचना जारी गर्दै थारु समुदायको बसोबास बढी रहेका ६ जिल्लामा बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार बिदा दिएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएको छ। थारु समुदायमा बर्का अट्वारी पर्व हर्षोल्लासका साथ मनाइन्छ।

प्रकाशित: ५ भाद्र २०८२ २१:१४ बिहीबार





