२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रदर्शन तयारी गर्ने जेन-जी भन्छन्: संसद् भवन छिर्ने युवाहरू हाम्रो अभियानका होइनन्

जेन-जीहरूले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनले उग्र रूप लिएको छ। उनीहरू प्रहरीको घेरा तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गरेका छन्।

तर आन्दोलनको तयारी गर्ने युवाहरुले भने संसद भवन छिर्ने युवाहरू अभियानको नभएको बताएका छन्। आन्दोलनको तयारीमा सहभागी भएका उजेनराज भण्डारीले भने,'हाम्रो २० देखि २५ वटा समूहहरू रहेका छन्। हाम्रो समूहको योजना बानेश्वरको एभरेष्ट होटेलसम्म जाने योजना थियो त्यो भन्दा अगाडि जानेहरूलाई हाम्रो अभियानले चिन्दैन। हामीले त्यहाँ भएका विद्यार्थीहरूलाई भने फर्काइसकेका छौँ।'

त्यस्तै जेनजी नेपालले सामाजिक सञ्जालबाट प्रदर्शन नियन्त्रण बाहिर गएपछि तत्कालै सबैलाई घर फर्किन आह्वान गरेको छ। 

सूचनामा भनिएको छ, ‘कृपया सुरक्षित रूपमा सकेसम्म चाँडो बाहिर निस्किनुहोला। धेरै निहित  समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन्। कृपया सकेसम्म चाँडो सुरक्षित रूपमा बाहिर निस्कनुहोस्। हाम्रो आजको दिन सफल भइसकेको छ । आज सुरक्षित रूपमा घर जानुस् ।’

प्रकाशित: २३ भाद्र २०८२ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App