२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

साम्पाङको बौद्ध गुम्बाको संरक्षण

षडानन्द नगरपालिका-१० साम्पाङमा रहेको ‘हिमालयन माहायान छेदेन छ्याकी खोलो’ बौद्ध गुम्बाको संरक्षण गरिएको छ। संरक्षण अभावमा जीर्ण बन्दै गएको गुम्बाको षडानन्द–१० सम्पाङ वडा कार्यालय तथा प्रदेश सरकारको बजेटमा संरक्षण गरिएको हो। गुम्बा भवन संरक्षण गरिएपछि यहाँका बौद्ध धर्मावलम्बी खुसी भएका छन्।

पूजाआजा गर्न सहजता भएको गुम्बाका लागि सिंहबहादुर तामाङले बताए। यो गुम्बामा पाठशालासेमत सञ्चालन भइरहेको छ। समुदाय अनुसारको धर्म संस्कार र संस्कृतिको संरक्षण गर्न वडाको आर्थिक सहयोग तथा पहलमा गुम्बाको संरक्षण गरिएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए।

वडाको माथिल्लो भेगमा तामाङ र शेर्पा समुदायको बसोबास रहेकाले संस्कृतिको संरक्षणमा जोड दिन गुम्बा संरक्षण गरिएको वडाध्यक्ष शेर्पाले बताए। गुम्बा संरक्षणका लागि विभिन्न आर्थिक वर्षमा वडा र प्रदेश सरकार लगायत निकायबाट ३० लाख रूपैयाँ हारहारीमा खर्च गरिएको वडाध्यक्ष शेर्पाको भनाइ छ।

गुम्बाको घेराबारा, प्रवेशद्धार निर्माण, छानो फेर्ने, धारा निर्माणलगायतका काम गरिएको हो। भावी दिनमा पनि आवश्यकताका आधारमा वडाले अन्य गतिविधि सञ्चालन गर्ने जनाएको छ। 

प्रकाशित: ११ श्रावण २०८२ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App