१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बागलुङमा पनि निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय बागलुङले आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अर्को आदेश नआउञ्जेलसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्।

बागलुङ नगरपालिका–१, २, ३ र ४ भित्रका सबै क्षेत्रह, गलकोट नगरपालिका– ३, ५ र ६, जैमिनी नगरपालिका–१ र ढोरपाटन नगरपालिका–१, २ र ३ मा कर्फ्यु आदेश जारी गरिएको प्रजिअ गुरुङले जानकारी दिए।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यकम गर्न निषेध गरिएको छ। उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारवाही हुने विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २५ भाद्र २०८२ १४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App