२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

जेनजी आन्दोलनका क्रममा भागेका कैदी फेरि लागुऔषधसहित समातिए

जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका एक व्यक्ति लागु औषध(खैरो हेरोइन) कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका छन्। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका कैदी जंगबहादुर राईलाई पक्राउ गरेको जनाएको छ। पाँचथर फालेलुङ गाउँपालिका–२ घर भएक ४१ वर्षीय राईलाई ललितपुरको २४ नागदहबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीसँग २८० ग्राम खैरो हेरोइन पनि बरामद भएको छ।  

राई यसअघि पनि लागु औषध बेचबिखन मुद्दामै जेल परेका थिए। २०८० भदौ १७ गते १४२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले १५ वर्ष कैद र पाँच लाख जरिवानाको फैसला गरेको थियो। त्यसपछि उनी केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गर्दैथिए।  

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते उनी जेलबाट भागेका थिए।  

प्रकाशित: २ मंसिर २०८२ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App